Aug 12 2026 | २०८३, साउन २७ गते

मन्त्रिपरिषद् पुनर्गठन हुँदै, प्रचण्डले कसको मन्त्री पद खाइदेलान् ?

मन्त्रिपरिषद् पुनर्गठन हुँदै, प्रचण्डले कसको मन्त्री पद खाइदेलान् ?

एभरेष्ट हेडलाइन्स
शनिबार, साउन २७ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, साउन २७ २०८०
  • मन्त्रिपरिषद् पुनर्गठन हुँदै, प्रचण्डले कसको मन्त्री पद खाइदेलान् ?

    सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ। सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार जनमतबाट मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

    images

    सत्तारुढ गठबन्धनबीच हाल माओवादी केन्द्रले सम्हालेको कोटाबाट जनमतलाई मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको थियो। माओवादीबाट हाल ६ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन्। जनमत पार्टीले मन्त्रीमा अनितादेवी साहको नाम २६ असारमै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको थियो। तर, २७ असारको बिहानै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि साह मन्त्रीमा नियुक्त हुन सकेकी थिइनन्।

    जनमत सरकारमा आउने भएपछि माओवादीका दुई मध्ये एक मन्त्रीलाई बिदाई गर्ने तयारीमा प्रधानमन्त्री छन्। संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती एकलाई हटाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ।

    मोदी र किराती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै सन्तुष्ट छैनन्। मोदीले आफूलाई मन्त्री नदिए पार्टी छाड्ने धम्की दिएर पद हात पारेका थिए। उनीमाथि कर्मचारी सरुवामा आर्थिक चलखेल गर्ने गरेको आरोप लाग्दै आएको छ। कर्मचारी वृत्तबाटै पटकपटक सरुवामा चलखेल गरेको र मन्त्रीको मर्यादा नराखी बोल्ने गरेको गुनासो सुनेपछि प्रधानमन्त्री मोदीलाई हटाउने मनस्थितिमा थिए। तर, हटाउने भनिएकै दिन पत्नीको निधन भएकाले तत्कालका लागि उनको पद जोगिएको थियो। किरातीले पनि काम भन्दा हल्ला बढी गरेको निष्कर्ष बालुवाटारको छ।

    तर, मोदीको जसरी आर्थिक चलखेलमा किरातीको नाम भने मुछिएको छैन।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट