Aug 12 2026 | २०८३, साउन २७ गते

चिनियाँ तस्करसँग माओवादीका नेताहरू जोडिए, प्रचण्डले सुशासन दिन्छु भन्नु झुट मात्रै : प्रकाशचन्द्र लोहनी

चिनियाँ तस्करसँग माओवादीका नेताहरू जोडिए, प्रचण्डले सुशासन दिन्छु भन्नु झुट मात्रै : प्रकाशचन्द्र लोहनी

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • चिनियाँ तस्करसँग माओवादीका नेताहरू जोडिए, प्रचण्डले सुशासन दिन्छु भन्नु झुट मात्रै : प्रकाशचन्द्र लोहनी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रष्टाचार विरोधी अभियानमाथि प्रश्न उठाएका छन्।

    images


    इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिँदासमेत छानबिन नगरेपछि नेता लोहनीले सरकारमाथि प्रश्न उठाएका हुन्।

    ‘चिनियाँ तस्करसँग माओवादीका ठालुहरूको सय पटक भन्दा बढी फोन कल हुने र सीआइबीले यो कुरा आफ्नो प्रतिवेदन मा राख्दा पनि सरकार उनीहरूसँग बयान लिन समेत नसक्ने हो भने सम्माननीय प्रम प्रचण्डले सुशासन दिन्छु भन्नु सरासर झुट साबित हुँदैछ उनले फेसबुकमा लेखेका छन्।

    चिनियाँ तस्करसँग माओवादीका नेताहरूको नाम जोडिएपछि बयान समेत नलिएपछि प्रधानमन्त्री प्रचण्डले सुशासन दिन्छु भन्नु सरासर झुट साबित भएको उनको टिप्पणी छ।

    उनले थपेका छन्, ‘त्यत्रो आफूलाई महान् क्रान्तिकारी भन्ने मान्छे कति कमजोर रहेछन्।’

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट