images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रचण्ड सरकार ढाल्ने प्रस्ताव लिएर  कांग्रेस सांसद सुनिल शर्मा बालकाेट पुगे

प्रचण्ड सरकार ढाल्ने प्रस्ताव लिएर  कांग्रेस सांसद सुनिल शर्मा बालकाेट पुगे

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • प्रचण्ड सरकार ढाल्ने प्रस्ताव लिएर  कांग्रेस सांसद सुनिल शर्मा बालकाेट पुगे

     नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माले वर्तमान सरकार ढाल्ने प्रस्ताव राखेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा आज (आइतबार) विहान भएको करिब २ घण्टा लामो भेटवार्ताको क्रममा उनले प्रचण्ड सरकार ढाल्ने प्रस्ताव राखेका हुन् ।

    उनले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले माओवादी नेतृत्वको वर्तमान सरकार नढाले आफूहरुले पार्टीभित्र विद्रोह गरेर भएपनि सरकार ढाल्ने चेतावनी दिएका हुन् । उनले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

    सो क्रममा उनले देउवाले पनि वर्तमान सरकार ढाल्नको लागि पहल गर्नुपर्ने धारणा राखेका थिए । तर, उनले देउवा वर्तमान सरकार ढाल्न तयार नभए आफूहरु (शेखर कोइराला समूह) ले ४० प्रतिशत पुर्याएर पार्टी फुटाएर भएपनि प्रचण्डको सरकार ढाल्ने कुरा ओलीसँग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट