images

Sep 29 2026 | २०८३, असोज १३ गते

सुरिलाे स्वरकी धनी सिम्रन परियारकाे गित ट्रेन्डिङ वानमा, आयाे जताततैबाट अफर

सुरिलाे स्वरकी धनी सिम्रन परियारकाे गित ट्रेन्डिङ वानमा, आयाे जताततैबाट अफर

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • सुरिलाे स्वरकी धनी सिम्रन परियारकाे गित  ट्रेन्डिङ वानमा, आयाे जताततैबाट अफर

    सुरिलाे स्वरकी धनी बागलुङकी सिम्रन परियारको गित ट्रेन्डिङ वानमा परेकाे छ ।  सिम्रनको पहिलो रेकर्ड गीत ट्रेन्डिङ वानमा उक्लिएसँगै उनी झनै चर्चामा छिन्।

    गायक प्रमोद खरेलको स्वरको ‘उसलाई पाउन २’ को फिमेल भर्सन शुक्रबार सार्वजनिक भएको थियो। सुनिल बीसी युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत राम्रो भ्युजका कारण ट्रेन्डिङ वानमा पुगेको हो। यो गीत हालसम्म ११ लाखले हेरिसकेका छन्।

    गाउँदेखि काठमाडौँको मारुनी डिजिटल स्टुडियोमा गीत रेकर्ड गराउने चाँजोपाँजो मेचीकाली खबरका सञ्चालक भोजराज थापाले मिलाइदिएका थिए। थापा सिम्रनको अन्तर्वार्ताका लागि केही दिनअघि बागलुङ पुगेका थिए।

    nw.jpg

    विकास प्रसाईंको भिडियोमा एरेन्ज विशाल निरौलाले गरेका छन्। कम्पोजर सुनिल बीसी आफैँले गीत लेखेका हुन्। आफ्नो स्वरको फिमेल भर्सनमा देखिएकी सिम्रनलाई गायक प्रमोदले शुभकामना दिँदै सफल सांगीतिक यात्राको कामना गरे। उनले सिम्रनलाई म्युजिक क्लास ज्वाइन गर्न र पढाइ नबिगार्न आग्रह गरे। प्रमोदका फ्यान भएको बताउँदै सिम्रनले उनकै गीत पहिलोपल्ट रेकर्ड गर्न पाएकोमा खुसी व्यक्त गरिन्।

    सिम्रनले गाएको अर्को गीत ‘मुटुमै घाउ छ’ शनिबार रिलिज भएको छ। श्रीधर अधिकारीको संगीतसँगै निर्देशनमा डा. विष्णुमूर्ति भट्टराईको शब्दको उक्त गीत श्रीधर अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक भएकाे छ र, याे गित २९ हजारले हेरिसकेका छन । यतिबेला सिम्रनलाई यतिबेला टेलिसिरियलसँगै विभिन्न गीतका लागि अफर आएको बताइएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट