images

Sep 29 2026 | २०८३, असोज १३ गते

चिनियाँ उच्च सैनिक टोली काठमाडौंमा किन आयाे ?

चिनियाँ उच्च सैनिक टोली काठमाडौंमा किन आयाे ?

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • चिनियाँ उच्च सैनिक टोली काठमाडौंमा किन आयाे ?

    काठमाडौं । चीनबाट उच्च सैनिक तहको टोली काठमाडौं आइपुगेको छ। एयर चाइनाको ४३७ उडान नम्बरबाट चिनियाँ जनमुक्ति सेनाका तिब्बत मिलिट्री कमान्डर मेजर जनरल युइ एन नेतृत्वको टोली केहीबेर अगाडि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। 

    मेजर युको नेतृत्वमा ८ सदस्यीय सैनिक टोली औपचारिक भ्रमणमा नेपालको आएको हो। उनीहरुलाई उपरथी सागरबहादुर थापा र सहायक रथी सुनिल श्रेष्ठले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

    नेपाली सेनाका सूचना अधिकारी एवम् सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार औपचारिक भ्रमणमा आएको चिनियाँ सैनिक टोलीले प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग भेटवार्ता गर्ने कार्यतालिका छ। भेटमा सीमा सुरक्षा, दुई देश बीचको सैन्य सम्बन्धलगायतका विषयमा छलफल हुनेछ। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट