Aug 12 2026 | २०८३, साउन २७ गते

चीन भ्रमणमा गएका माओवादी केन्द्रका महासचिव गुरुङ फर्किए स्वदेश 

चीन भ्रमणमा गएका माओवादी केन्द्रका महासचिव गुरुङ फर्किए स्वदेश 

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • चीन भ्रमणमा गएका माओवादी केन्द्रका महासचिव गुरुङ फर्किए स्वदेश 

    काठमाडौँ । चीन भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ स्वदेश फर्किएका छन्। गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको भ्रमणको चाँजोपाजो मिलाउन चीन गएका गुरुङ आज बिहीबार तिब्बत एयरलाइन्सको विमानबाट स्वदेश फर्किएका हुन्।

    images

    माओवादी उच्च स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा समावेश हुने सम्भावित एजेण्डाबारे छलफल गर्न उनलाई चीन पठाइएको हो । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु र कूटनीतिक निकायमा छलफलपश्चात गुरुङ फर्किएका हुन्। 

    परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणपश्चात चीन भ्रमण गर्ने गरी तयारी थालेपनि अन्तिममा अमेरिकाबाट चीन भ्रमण हुनेगरी कार्यतालिका बनाएको छ। प्रचण्ड सेप्टेम्बर १६ ९भदौ ३०० मा अमेरिका भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी त्यसदिन न्युयोर्क जाने भएका हुन्। प्रचण्ड सेप्टेम्बर २१ मा सम्बोधन गरेपछि सोही दिन चीन प्रस्थान गर्नेछन्।

    संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेपछि असोज ४ गते बेइजिङ प्रस्थान गर्ने दाहालको भनाई छ। चीन भ्रमणमा रहँदा प्रधानमन्त्री दाहालले राष्ट्रपति, प्रधानमन्त्री र त्यहाँका कम्युनिस्ट पार्टीका नेताहरूसँग द्विपक्षीय वार्ता हुने जानकारी दिएका छन्। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट