Aug 12 2026 | २०८३, साउन २७ गते

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनुवाइ पनि स्थगित

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनुवाइ पनि स्थगित

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनुवाइ पनि स्थगित

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनुवाइ पनि स्थगित भएको छ ।

    images

    जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडा को एकल इजलासमा पेसी परेकोमा न्यायाधीश खतिवडाले वादी गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् ।

    आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ । अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको उच्च स्रोतले जानकारी दिएको छ ।

    गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि कैयौं पटक मुद्दा सुनुवाइका लागि पेशी चढेपनि स्थगित भएका थिए।

    लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाई रोकिएको थियो। उनी फर्किएलगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो।

    राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

    प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।

    वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

    मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

    जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

    विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

    उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट