Aug 11 2026 | २०८३, साउन २६ गते

ललिता निवास, नक्कली शरणार्थी र सुन काण्ड छानबिन गर्न दिए जरैसम्म खोतल्छु: रवि लामिछाने

ललिता निवास, नक्कली शरणार्थी र सुन काण्ड छानबिन गर्न दिए जरैसम्म खोतल्छु: रवि लामिछाने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
  • ललिता निवास, नक्कली शरणार्थी र सुन काण्ड छानबिन गर्न दिए जरैसम्म खोतल्छु: रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चर्चामा रहेका ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुन काण्डको सबै फाइल खुल्ने हो भने देशमा सीमित नेतामात्र ‘चोखो’ रहने बताएका छन्। उनले आफूहरूलाई नेतृत्वको अवसर दिए कम्तीमा यी तीन काण्डको जरैसम्म खोतलिदिने बताए।

    images

    इलामको फिक्कलमा आयोजित पार्टीको सभामा सभापति लामिछानेले मुख्यगरी यी तीन काण्डको फाइल पेज १ देखि अन्तिमसम्मै खोल्ने हो भने औंलामा गन्न सकिने नेतामात्र रहेर अरू सबै जेल जाने अवस्था रहेको बताए। ‘नेपालको एयरपोर्टमा तस्करहरूलाई क्विन्टलका क्विन्टल सुन छिराउन ढोका खोलिदिनेको विरोध गर्नुस्,’ उनले भने, ‘एक पटक होइन, दुई पटक होइन, पटक–पटक यो घटना भएको हामीले हेर्‍यो।’

    सभापति लामिछानले करिब आधा घन्टाको मन्तव्यमा दर्जनौं पटक आउँदो चुनावमा आफ्नो दललाई भोट दिन आग्रह गरे। ‘२०८४ सालमा हुने निर्वाचनमा हामीलाई भोट दिएर हेर्नुस्, हामीले अवसर पाएर पनि गर्न सकेनौं भने त्यसपछि आफ्नो ठाउँलाई बरु घन्टी निषेधित घोषणा गरिदिनुभए हुन्छ,’ उनले भने, ‘भोट बदलियो भने मात्रै देश बदलिन्छ, संसारको चलन यही छ। भोट बदलिएन भने देश कहिल्यै बदलिँदैन।’  

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट