Aug 12 2026 | २०८३, साउन २७ गते

भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्वहरू सलबलाउन थाले : गृहमन्त्री

भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्वहरू सलबलाउन थाले : गृहमन्त्री

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
  • भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्वहरू सलबलाउन थाले : गृहमन्त्री

    उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्धको अभियान कुनैपनि हालतमा नरोकिने प्रष्ट पारेका छन्।

    images

    शुक्रबार गोरखामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्वहरू सलबलाउन थालेका र उनीहरू यो अभियानलाई कसरी भाँजो हाल्न सकिन्छ भन्ने षड्यन्त्र गरिरहेका भएपनि उनीहरूका षड्यन्त्रले सरकारको अभियान नरोकिने बताएका हुन्।

    सरकार अप्ठ्यारोमा पर्छ भनेपनि सुशासनको अभियान रोक्ने पक्षमा वर्तमान सरकार नरहेको उनले बताए।

    ‘तस्कर र ठग, भ्रष्टाचारीका संरक्षकहरूले सरकारलाई अप्ठ्यारो पारे भनेर तैँ चुप मै चुप भएर बसौं, पहिला जे छ त्यस्तै गरी चलौं भन्ने पक्षमा सरकार छैन,’ उनले भने।

    मन्त्री श्रेष्ठले सरकारलाई धम्काएर र घेराबन्दी गरेर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्न पनि आग्रह गरेका छन्।

    ‘जुन बिन्दुसम्म पदमा बस्छौं देश र जनताका निम्ति प्रतिबद्ध भएर काम गर्छौं। यो अभियान हामी बिसर्जित गर्दैनौं। निरन्तर अगाडि बढाउँछौं,’ उनले भने।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट