images

Sep 29 2026 | २०८३, असोज १३ गते

 महंगी उत्कर्षमा, नियन्त्रण गर्न राज्यसंयन्त्र असफल

 महंगी उत्कर्षमा, नियन्त्रण गर्न राज्यसंयन्त्र असफल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
  •  महंगी उत्कर्षमा, नियन्त्रण गर्न राज्यसंयन्त्र असफल

    गएको आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा डेढ प्रतिशतले बढेको हो।

    २०७८/०७९ मा मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो।

    अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेन्ट तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ।

    साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप– समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ८.६५ प्रतिशत रहेको छ।

    २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट