Aug 11 2026 | २०८३, साउन २६ गते

ललिता निवास प्रकरणबारे रवि लामिछाने भन्छन्– गृहमन्त्रीज्यू! ठूलै गडबड छ

ललिता निवास प्रकरणबारे रवि लामिछाने भन्छन्– गृहमन्त्रीज्यू! ठूलै गडबड छ

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
  • ललिता निवास प्रकरणबारे रवि लामिछाने भन्छन्– गृहमन्त्रीज्यू! ठूलै गडबड छ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा संलग्न सबैको बयान नभएको प्रतिवेदन पेस नगर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आग्रह गरेका छन्। 

    images

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउँदै छ। 

    सीआईबीले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सोधपुछसमेत नगरी मुद्दाको फाइल सरकारी वकिलकहाँ बुझाउन लागेको हो।

    यसै सन्दर्भमा प्रतिनिधिसभासमेत रहेका रास्वपा सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेस नगरोस्। गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ।’

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट