Aug 13 2026 | २०८३, साउन २८ गते

अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक छ : लिङ्देन

अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक छ : लिङ्देन

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
  • अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक छ : लिङ्देन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताएका छन् । 

    images

    आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा सहभागी भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार र प्रतिपक्षबीच छलफल सकारात्मक भएको बताए । उनले सोमबार पुनः सर्वदलीय बैठक बस्ने र संसद् अवरोध अन्त्य गर्ने निष्कर्ष निस्किने बताए । उनले सरकार पक्ष पनि लचिलो हुने र प्रमुख प्रतिपक्ष पनि लचिलो भएर जाने कुरा सहमति नजिक पुगेको भन्दै अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय संयन्त्र बन्न सक्ने बताए । 

    उनले भने, ‘संसद् अवरुद्ध अटाउने सम्बन्धमा प्रधानमन्त्रीले आज सर्वदलीय बैठक बोलाउनु भयो । छलफल सहमतिको नजिक पुगेको छ । भोलि फेरि बैठक बस्छ र संसद्को अवरोधको अन्त्य गर्ने निष्कर्ष निस्किन्छ । बीचको बाटो निकाल्ने भन्ने छ । सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ । अहिले भइरहेको अनुसन्धान पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गरेर जाने बाटो हुनसक्छ ।’

    बैठकपछि बोल्दै नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले सदन सुचारु गर्ने बारेमा सकारात्मक छलफल भएको बताए । उनले भने, ‘सदन सुचारु गर्ने बारेमा छलफल भयो । सकारात्मक छलफल भएको छ । भोलि एक पटक पुनः बैठक बसेर पर्सि तीन बजेसम्म रोक्ने र त्यसपछि संसद् अघि बढाउने सहमति छ ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट