Aug 12 2026 | २०८३, साउन २७ गते

हर्कमाथि अभद्र व्यवहार !

हर्कमाथि अभद्र व्यवहार !

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
  • हर्कमाथि अभद्र व्यवहार !

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ माथि ‘अभद्र व्यवहार’ गरिएकाे छ ।

    images

    साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै त्यस्ताे व्यवहार गरेकी हुन । 

     उनले अदालतको पत्रसमेत देखाएपछि साम्पाङ ‘तिमीहरुको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए ।

    भिडिओ भाइरल भएसँगै साम्पाङले फेसबुकमा स्टाटस लेख्दै त्यस्ताे व्यबहार गर्नेलाई पक्राउ गर्न माग गरेका छन् । २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने उनको चेतावनी छ ।

    उनको स्टाटस यस्तो छः

    यो देशमा राज्य सरकार छ छैन ? म माथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टा भित्र पक्राउ गरी कस्टडीमा राखेर अनुसन्धान चलाइएन भने मैले पत्रकार सम्मेलन गरी र सम्बन्धित निकायहरू विरुद्ध नै मुद्दामा जानुको विकल्प रहने छैन ! त्यस पछिको अराजकताको जिम्मेवारी कसले लिने ? अनि, नागरिकको आन्दोलनलाई कसले सम्बोधन गर्ने ?

    साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा गएर व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट