images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ आज

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ आज

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
  • प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ आज

    काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।  सोमबार सर्वोच्च अदालतको ३१ औं प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्।

    संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपतिले श्रेष्ठलाई संविधानको धारा १२९ को (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्।

    संवैधानिक परिषद्ले १८ साउनमा श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको  थियो। तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण २० साउनमा अवकासमा गएपछि बरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामयमुकायमको जिम्मेवारी पाएका थिए।

    २०१६ सालमा डोटीमा जन्मिएका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृताबाट सरकारी सेवामा प्रवेश गरेका थिए।  उनी जिल्ला,उच्च अदालतहुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए। 

    २०७३ सालदेखि उनी सर्वोच्च अदालतको न्यायाधीश थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट