images

Sep 29 2026 | २०८३, असोज १३ गते

राप्रपाका अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान

राप्रपाका अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
  • राप्रपाका अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन्। अध्यक्ष लिङ्देन आज मंगलबार बिहान  साउदी अरब प्रस्थान गरेका हुन्। भातृसंगठन  प्रवासी नेपाली एकता समाजको निमन्त्रणामा साउदी अरब र दुबईमा हुने विविध कार्यक्रममा सहभागी हुन उनी साउदी अरब गएको पार्टीका प्रवक्ता एवं प्रचा विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

    अध्यक्ष लिङ्देन साउदी अरबका प्रमुख सहरहरू जेद्दा,दमाम र रियादमा विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने,राजदूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्ने तथा प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा सहभागी हुनेछन्

    त्यस्तै अध्यक्ष लिङ्देन युएईको दुबईमा पनि विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसंग भेटघाट गर्ने,राजदूतावासका अधिकारीसँग छलफल गर्ने,नेपाली श्रमिकको अवस्थाबारे स्थलगत अवलोकन गर्ने र प्रवासी नेपाली समाज युएईद्वारा आयोजित अधिवेशन घोषणा सभा तथा विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको  छ। उनी  भदौ १२ गते स्वदेश फर्कने कार्यक्रम छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट