Aug 11 2026 | २०८३, साउन २६ गते

कोशीमा एमालेको सरकार बन्छ : अध्यक्ष ओली

कोशीमा एमालेको सरकार बन्छ : अध्यक्ष ओली

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • कोशीमा एमालेको सरकार बन्छ : अध्यक्ष ओली

    विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अब एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।शुक्रबार मोरङको विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको सरकार ढाल्ने दाबी गर्दै त्यसपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।

    images

    ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेले मजाले चलाउँछ ।’ ओलीले भने 'सरकार बन्न ४७ सांसदको समर्थन चाहिन्छ । अब एमालेको सरकार बन्दा ४७ होइन ५० भन्दा बढी सांसदको समर्थन हुन्छ,' । अध्यक्ष ओलीले संविधानविपरीत कोशीमा मुख्यमन्त्री उद्वव थापाले प्रदेशसभाबाट विश्वासको मत लिएको बताए । 'संविधान मिचेर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएको छ,' उनले भने, 'कांग्रेसको बलजफ्ती एकछिनका लागि हो । सधैँ चल्दैन ।'

    कोशीमा हाल गठबन्धन दलसँग ४७ सांसद रहेका छन् । तर सभामुख नहुँदा उपसभामुखले सभा सञ्चालन गर्नुपर्नेअवस्था रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट