images

Sep 29 2026 | २०८३, असोज १३ गते

संसदका १० समितिमा क-कसले दिए उम्मेदवारी ?

संसदका १० समितिमा क-कसले दिए उम्मेदवारी ?

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • संसदका १० समितिमा क-कसले दिए उम्मेदवारी ?

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत विभिन्न विषयगत समितिका सभापतिमा मनोनयन दर्ता गरिएको छ। ९ महिनापछि हुन लागेको समितिको सभापति निर्वाचनमा सत्तारुढ दलसहित प्रतिपक्षी दलका सांसदहरूसमेत उम्मेदवारी दर्ता गराएका हुन्।

    जसअनुसार कांग्रेसले कृषि, सहकारी तथा प्राकृति स्रोत समिति, संयुक्त संसदीय सुनुवाइ समिति, सुशासन समिति र अर्थ समितिमा उम्मेदवारी दिएका छन्। कृषिमा आरजु राणा, संयुक्तमा जीवन परियार, सुशासनमा रामहरि खतिवडा र अर्थमा सन्तोष चालिसेले उम्मेदवारी दिएका हुन्।
     
    त्यस्तै माओवादीबाट सांसद विमला सुवेदीले कानुन न्याय तथा मानव अधिकार समिति, जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र जनमतका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उम्मेदवारी दिएका छन्। 

    त्यस्तै प्रतिपक्षी दलतर्फ नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले लेखा समिति, किरण कुमार साहले महिला तथा सामाजिक मामिला समिति र रापरपाका दीपक सिंहले पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएका छन्।

    कोसी प्रदेशमा राप्रपाको समर्थन जुटाउन गठबन्धनले राप्रपालाई पनि समितिको सभापति बनाउने भएको हो। यसअघि पूर्वाधार विकास समितिमा माओवादीका माधव सापकोटाले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट