images

Sep 29 2026 | २०८३, असोज १३ गते

सातौँ हप्तामा सूचनाको हकका लागि समुदाय जागरण अभियान

सातौँ हप्तामा सूचनाको हकका लागि समुदाय जागरण अभियान

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • सातौँ हप्तामा सूचनाको हकका लागि समुदाय जागरण अभियान

    काठमाडौँ । सामाजिक उत्तरदायित्वका लागि हप्तामा दुई स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको सूचनाको हकका लागि समुदाय जागरण कार्यक्रम सातौँ हप्तामा प्रवेश गरेको छ ।

    असार अन्तिम साता विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भई पशुपति क्षेत्र, बूढानीलकण्ठ क्षेत्र, मच्छेनारायण मन्दिर क्षेत्र, मैतीदेवी क्षेत्र, गोकर्णेश्वर नगरपालिका–१ को दुर्गम गाउँ ओखरेनी क्षेत्र हुँदै सातौँ हप्ताको कार्यक्रम नयाँ सडकस्थित सङ्कटा एवं महाँकाल मन्दिर क्षेत्रमा पदयात्रा, चेतनामूलक पर्चा वितरण गरी सम्पन्न गरिएको हो ।

    समुदाय जागरण कार्यक्रममा ‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको प्रभातफेरिमा ‘सूचना किन माग्ने ?’, ‘सूचना कहाँ माग्ने ?’, ‘कस्ता सूचना माग्ने ?’, ‘सूचना कसरी माग्ने ?’, ‘कसलाई माग्ने ?’, ‘सूचना नदिनेलाई के हुन्छ ?’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो । 

    कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घ जिल्ला कार्य समिति काठमाडौँका उपाध्यक्ष विनोद बस्नेतले भ्रष्टाचारको अन्त्य एवं पारदर्शी समाज निर्माणका लागि सूचनाको हकका विषयमा बस्तीसम्म पुगेर जानकारी गराउन अभियान सुरु गरिएको जानकारी दिए । मौलिक र फरक शैलीमा सूचनाको हकका लागि समुदाय जागरण कार्यक्रमलाई निरन्तरता दिइने उनले सुनाए । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट