images

Sep 29 2026 | २०८३, असोज १३ गते

मानसिक यातना दिएको भन्दै समिक्षाले दिइन् उजुरी

मानसिक यातना दिएको भन्दै समिक्षाले दिइन् उजुरी

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • मानसिक यातना दिएको भन्दै समिक्षाले दिइन् उजुरी

    गायिका समिक्षा अधिकारीले आफ्नो बिषयमा झुट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिएकी छिन् । उनले, जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएकी हुन् । 

    उनले लेखेकी छिन्–‘केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको बिषयलाई लिएर सामाजिक संजालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेको’ भनेर झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवादस्वरुप केहि संजालहरु किटान गरि जिल्ला प्रहरी कार्यलय, कास्कीमा उजुरी दिएको छु ।’

    उनले, वास्तविक कुरा नवुझी आफ्नो सामाजिक संजाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलवाड गर्नु जघन्य अपराध भएको आफ्नो वुझाई रहेको समेत स्पष्ट पारेकी छिन् । उनले, जिल्ला प्रहरी कार्यलयमा दिएको उजुरीमा विना तथ्य झुटो कुरा पोष्ट गर्ने पेज विरुद्ध कानुनी कारवाहीका लागि आग्रह समेत गरेकी छिन् । 

    केही दिन अगाडि समिक्षालाई अष्ट्रेलियाले ब्ल्याक लिष्टमा राखेको भन्दै केही फेसबुक पेजले स्टाटस लेखेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट