images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रधानमन्त्रीलाई सांसद साहले साेधे : भ्रष्टाचारीको विषयमा ‘फिल्म कहिले हेर्न पाइन्छ ?’

प्रधानमन्त्रीलाई सांसद साहले साेधे : भ्रष्टाचारीको विषयमा ‘फिल्म कहिले हेर्न पाइन्छ ?’

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • प्रधानमन्त्रीलाई सांसद साहले साेधे  : भ्रष्टाचारीको विषयमा ‘फिल्म कहिले हेर्न पाइन्छ ?’

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रस्टाचारीका नाममा राजनीतिक दललाई त्रसित बनाइरहेको बताएका छन्।

    साहले आज प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई भ्रष्टाचारीको विषयमा ‘फिल्म कहिले हेर्न पाइन्छ?’ भनेर प्रश्न गरेका थिए।

    ‘प्रधानमन्त्रीज्यु तपाइँले यही सदनबाट भ्रष्टचारीलाई कारबाही गर्नका लागि यो ट्रेलर मात्र हो भन्नुभएको थियो। खोइ फिल्म?’ उनले भने,‘ललितानिवास फाइल खोलेर कांग्रेसलाई साइजमा राख्नुभयो, ललितानिवास फाइल खोलेर समाजवादीलाई, गौरहत्या काण्डको फाइल खोलेर जसपालाई साइजमा राख्नुभयो, अब गिरीबन्धुको फाइल खोलेर एमालेलाई साइजमा ल्याउन खोज्नुभएको हो?’

    उनले सुन प्रकरणमा जोडिएका कृष्णबहादुर महरालाई लक्षित गर्दै प्रधानमन्त्री आफ्नो एसम्यानलाई जोगाउन लागेको आरोप लगाए। प्रधानमन्त्रीले जवाफमा आफू कसैलाई बचाउन नलागेको स्पष्ट पारेका थिए।

    ‘भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न सरकारले नीतिगत, कानुनी तथा संस्थागत सुधारलाई अगाडि बढाएको छ। कसैलाई पनि बचाउने र अफ्ठ्यारो पार्ने नियतले कुनै पनि काम गरिएको छैन। मैले प्रहरी प्रशासनलाई मेरो पार्टीको नेताको त के कुरा अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न आवश्यक छैन। सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणका आधारमा दोषिलाई छानबिन गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने।

    प्रधानमन्त्री प्रचण्डले सरकारका पछिल्ला गतिविधिहरू कुर्सी टिकाउन लागि नभएको समेत स्पष्टीकरण दिएका छन्। ‘सरकारका कामहरू कुर्सी टिकाउनका लागि होइन। बरू देश र जनतामा राजनैतिक प्रणाली प्रति नै वितृष्णा छाएको। केही हुन्न सबै उस्तै हुन भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न र सरकारले एकपछि अर्को राम्रो काम गर्दै आएको कुरा स्थापित गर्न पनि गरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका घटनामा राज्यले दबाबरहित तरिकाले निष्पक्ष छानबिन अगाडि बढाएकाले जनतामा सुशासन सम्भव छ भन्ने आशा पलाएको छ,’ उनले भने।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट