images

Sep 29 2026 | २०८३, असोज १३ गते

अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य छैन : गगन थापा 

अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य छैन : गगन थापा 

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य छैन : गगन थापा 

    काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० मा  जघन्य अपराधीलाई जोगाउने प्रावधान राखिएको टिप्पणी गर्दै त्यसलाई पारित गर्न नहुने धारणा राखेका छन्। उनले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नेपाली कांग्रेसलाई स्वीकार्य नभएको समेत बताएका छन्।

    सोमबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै महामन्त्री थापाले सो विधेयकको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रहसमेत गरे। 

    “यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधमा जोगाउने गरी जुन प्रावधान ल्याएको छ, नेपाली कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु, राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण को व्यवस्था हामीलाई स्वीकार्य छैन। माननीय कानूनमन्त्रीलाई मेरो आग्रह पनि छ, २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो। यसको भारी नबोक्नूस्। यसलाई बिसाउनूस्। यसलाई हटाउनूस्।”  

    उनले बहुमतको आधारमा सरकारले संसद्लाई हेप्ने गरेको भन्दै आफूहरू हेपिने कि नहेपिने यसपटक देखाउनुपर्ने बताए। उनले वातावरण संरक्षण ऐनमा मन्त्रालयले स्वीकृत गर्ने ईआईएको प्रावधान मन्त्रालयले स्वीकृत भए पनि अहिले विभागबाट गर्ने भनेर ल्याइएकोप्रति पनि विरोध जनाए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट