images

Sep 30 2026 | २०८३, असोज १४ गते

राजनीतिक सहमतिबिना हिंसात्मक गतिविधि छाडेर आएकाहरूको मुद्दा खारेज गर्नु हुँदैन: रमेश लेखक

राजनीतिक सहमतिबिना हिंसात्मक गतिविधि छाडेर आएकाहरूको मुद्दा खारेज गर्नु हुँदैन: रमेश लेखक

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • राजनीतिक सहमतिबिना हिंसात्मक गतिविधि छाडेर आएकाहरूको मुद्दा खारेज गर्नु हुँदैन: रमेश लेखक

    काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरूको मुद्दा राजनीतिक सहमतिबिना खारेज गर्नु नहुने धारणा राखेका छन्।

    मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन्। उनले संशोधन विधेयक हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किएका समूहको मुद्दा खारेज गर्ने गरी पारित गर्न नहुने बताए। यसको लागि राजनीतिक छलफल गरेर सहमति गर्नुपर्ने उनको भनाइ छ।

    मुलुकी फौजदारी अपराध कार्यविधि संहिता २०७४ को दफा ११६ मा अर्को एउटा दफा थपेर ११६ (१) बनाएको उल्लेख गर्दै उनले भने, “त्यसले हिंसात्मक क्रियाकलापमा संलग्न रहेका केही समूहहरू जुन हिंसात्मक क्रियाकलाप छोडेर अहिलेको मूलधारको राजनीतिमा संविधानलाई मानेर, व्यवस्थालाई मानेर यदि शान्तिपूर्ण राजनीतिमा फर्किन चाहन्छन् भने त्यसका लागि नेपाल सरकारसँग राजनीतिक सहमति भएको छ भने त्यो सहमतिअनुसार त्यस्ता हिंसात्मक गतिविधिमा संलग्न भएका समूहका सदस्यहरू थुनामा रहेकोमा मुक्त गर्ने र मुद्दाहरू खारेज गर्ने व्यवस्था गरेर यसले ल्याएको छ। यसलाई यसै रूपमा पारित गर्नुहुन्न। म यो आग्रह गर्न चाहन्छु। यसमा राजनीतिक छलफल गरेर एउटा सहमतिमा पुगेर जानुपर्छ।” 

    यस्तो प्रावधानले न्यायिक पद्धतिमा नै महत्त्वपूर्ण प्रभाव पार्ने भएकोले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० यसै रूपमा पारित गर्न नहुने धारणा उनको थियो। उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अहिले सञ्चालनमा रहेको वीर अस्पताललाई समेत अलग गरेर जाने प्रस्ताव गरेको भन्दै यो प्रस्तावमा पनि पुनः विचार गर्नुपर्ने बताए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट