images

Sep 30 2026 | २०८३, असोज १४ गते

गठबन्धन परिवर्तन गर्ने हाम्रो मनसाय छैनः नेता रिजाल

गठबन्धन परिवर्तन गर्ने हाम्रो मनसाय छैनः नेता रिजाल

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • गठबन्धन परिवर्तन गर्ने हाम्रो मनसाय छैनः नेता रिजाल

    चितवन । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता नगरेको बताएका हुन् ।
     
    कांग्रेसका आधारभूत मूल्य र मान्यताभन्दा बाहिर नगएसम्म सरकारले कांग्रेसबाट चिन्ता गर्न नपर्नेमा जोड दिँदै नेता रिजालले त्यस मूल्य र मान्यताभन्दा बाहिरबाट सहयोग खोज्न नहुने बताए ।
     
    नेपाली कांग्रेसले भ्रष्टाचारका विषय लुकाउनु पर्छ भनेर कहीँ नबोलेको उल्लेख गर्दै उनले केन्द्रीय समितिको बैठकमा समेत यो विषयमा निर्णय भएको उल्लेख गरे । भ्रष्टाचार नियन्त्रणका विषयमा पार्टीले गृहमन्त्री र प्रहरीलाई कुनै पनि किसिमको दबाब नदिएको चर्चा गर्दै नेता रिजालले  भने, “अनुमानको भरमा कसैलाई आरोप लगाएर हिँड्नु हुँदैन । कांग्रेस पार्टीले निर्णय नै गरेको छ ।”
     
    सरकारको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस भएको दोहो-याउँदै उनले भने, “कांग्रेसले नचाहँदा न सरकार रहन्छ, न कुनै काम अघि बढ्न सक्छ । कांग्रेसको चाहना विपरीत भयो भन्नु झुट्टा प्रचार हो ।”

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट