images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमसीसीबारे एमाले अध्यक्ष ओलीले बाेली फेरे, भन्छन– व्याख्यात्मक घाेषणा अर्थहिन !

एमसीसीबारे एमाले अध्यक्ष ओलीले बाेली फेरे, भन्छन– व्याख्यात्मक घाेषणा अर्थहिन !

ओलीले एमसीसीबारे तत्कालीन सरकारले जनतालाई ढाँटेको आरोप पनि लगाए। तत्कालीन प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रीसम्मले १२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई ढाँटेको आरोप पनि उनले लगाए। ओलीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नाम भने लिएनन्। 

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • एमसीसीबारे एमाले अध्यक्ष ओलीले बाेली  फेरे, भन्छन– व्याख्यात्मक घाेषणा अर्थहिन !

    एमसीसीबारे प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाेली फेरेका छन । उनले एमसीसी सम्झाैताकाे व्याख्यात्मक घाेषणालाई अर्थहिन भनेका छन । 

    बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले तत्कालीन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने बताए।

    तर अध्यक्ष ओलीले एमसीसीलाई नेपालको संसदले अनुमोदन गरिसकेकाले कार्यान्वयनमा जाने बताए। 

    ‘संसद्ले‍ अनुमोदन गरेको कुरा अब कार्यान्वयनमा जान्छ’, सिराहाको विष्णुपुरमा बुधबार राखिएको सचिवालय बैठकमा जाने क्रममा अध्यक्ष ओलीले ओलीले विराटनगर विमानस्थलमा भने, ‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो सत्तापक्षले नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो।’

    ओलीले एमसीसीबारे तत्कालीन सरकारले जनतालाई ढाँटेको आरोप पनि लगाए। तत्कालीन प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रीसम्मले १२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई ढाँटेको आरोप पनि उनले लगाए। ओलीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नाम भने लिएनन्। 

    ‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो। प्रभाव पारेर पास गराउने गलत बाटोमा जानुभयो,’ ओलीले भने, ‘पहिला नै पास गर्दा ठीक हुन्छ? हुँदैन भनेर छलफल गर्नुपर्थ्यो। तर त्यसो भएन।’

    अमेरिकाले पहिले नै १२ बुँदेबारे आफूहरुलाई सरोकार नभएको जवाफ दिइसकेको पनि ओलीले दाबी गरे। मंगलबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको टिप्पणी बनाउने-नबनाउने भनेर एमसीसीका अधिकारीसँग जानकारी मागिने उल्लेख गरेका थिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट