images

Sep 29 2026 | २०८३, असोज १३ गते

मुख्यमन्त्री थापाले लिएको विश्वासको मतबारे सर्वोच्चमा आज सुनुवाइ हुने

मुख्यमन्त्री थापाले लिएको विश्वासको मतबारे सर्वोच्चमा आज सुनुवाइ हुने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • मुख्यमन्त्री थापाले लिएको विश्वासको मतबारे सर्वोच्चमा आज सुनुवाइ हुने

    कोशी प्रदेश सरकारका मुख्यमन्त्री उध्दब थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुँदैछ ।

    थापाले गत भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्ष गरेका काँग्रेस सांसद ईस्राईल मन्सुरीलाई पनि विश्वासको मत दिन लगाएर बहुमत पुर्याएका थिए । त्यस विरूध्द पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले मुद्दा दायर गरेका थिए । यसअघि भदौ ७ मा रिटमाथि अन्तरिम आदेश जारी गर्दै सरकारलाई कामचलाउ अवस्थामा रहन भनेको थियो ।

    अदालतले उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न सर्वोच्चले आदेश दिएको थियो भने विपक्षीलाई १३ गतेसम्ममा लिखित जवाफ पेश गर्न भनेको थियो । उता, मुख्यमन्त्री थापाले भने आफूले संवैधानिक व्यवस्था अनुसार नै विश्वासको मत लिएको जवाफ पेश गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट