Aug 12 2026 | २०८३, साउन २७ गते

सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’प्रदर्शन हुँदै

सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’प्रदर्शन हुँदै

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
  • सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’प्रदर्शन हुँदै

    काठमाडौँ । अभिनेता दयाहाङ राई अहिले व्यस्त अभिनेताका रुपमा परिचित छन् । गत वर्ष प्रदर्शन भएको ‘कबड्डी ४’ र यो वर्षकै पहिलो दिन भएको ‘जारी’ को सफलतापछि उनी एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । उनी अभिनित नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते प्रदर्शन हुँदैछ । 

    images

    राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ । गाउँ पातलो हुँदै जानु पुँजीवादको अतिक्रमण भएको अभिनेता राईको भनाइ छ । 

    “म पनि गाउँ छाडेर सहर आएँ, गाउँमा बस्ने रहर नभएको होइन, तर विभिन्न कारणले गर्दा यहाँ आए, अब गाउँ फर्किंने मैले सोचेको पनि छैन”, अभिनेता राईले भने । उनले समाजलाई परिवर्तन गर्न राजनीति आवश्यक भए तापनि त्यस्तो नदेखिएको बताए । 

    “हामीले नेता मात्र नभई छान्ने जनतालाई पनि प्रश्न गर्नेबेला भएको छ, त्यसको सुरुआत चलचित्रले गरेको छ”, अभिनेता राईले भने, “यसमा सामाजिक राजनीतिक परिवेशलाई उजागर गरिएको छ, हाम्रो समाजको राजनीतिक चेत, राजनीतिक प्रभाव र समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने देखाएको छ ।”

    चलचित्रमा मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । यसको कथा स्वयं निर्देशक लामाले लेखेका हुन् । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट