images

Sep 29 2026 | २०८३, असोज १३ गते

स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
  • स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

    काठमाडौँ । पश्चिम नवलपरासीमा स्रोत नखुलेको रकमसहित २ जना पक्राउ परेका छन् । जिल्लाको सरावल गाउँपालिका ७ भुजहवास्थित झरही खोलाको पुलबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका २ हरपुर बस्ने २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राईन कुजडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरीले भुजहवाबाट महेशपुरतर्फ जाँदै गरेको अनटेस्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूले आफ्नो कम्मरमा पेटीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा उक्त नगद फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट