images

Sep 29 2026 | २०८३, असोज १३ गते

अस्पताल पुग्दा नै नेम्वाङकाे मुटुको चाल बन्द भएकाे थियाे

अस्पताल पुग्दा नै नेम्वाङकाे मुटुको चाल बन्द भएकाे थियाे

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
  • अस्पताल पुग्दा  नै  नेम्वाङकाे  मुटुको चाल बन्द भएकाे थियाे

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ अस्पताल आइपुग्दा मुटुको चाल नभएको त्रिवि शिक्षण अस्पतालले बताएको छ ।

    अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको लागि बिहान १ः५० अस्पताल ल्याइपुर्‍याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको, रक्तचाप र पल्स रेकर्ड गर्न नसकेको जनाएको छ ।

    अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गरेका थिए । चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दापनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरेका थिए ।

    नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरुले थाहा पाएर त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा नै उनको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।

    ‘मेडिकल प्वाइन्टबाट हेर्दा हामीले नाडी चले नचलेको, सास फेरे नफेरेको, मुटु चले नचलेको हेर्छौं । नेम्वाङमा ती केही पनि थिएनन् । त्यो भनेको हस्पिटल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भएको भन्ने हुन्छ’, उपचारमा सम्लग्न एक चिकित्सकले भने ।

    ती चिकित्सकका अनुसार नेम्वाङ २० वर्षदेखि नै उच्च रक्तचाप, मधुमेह समस्या थियो ।

    नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारले निर्णय गरेको छ ।

    अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत सरकारले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट