images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रतिनिधि सभा बैठक भदौ २८ गते बस्ने 

प्रतिनिधि सभा बैठक भदौ २८ गते बस्ने 

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
  • प्रतिनिधि सभा बैठक भदौ २८ गते बस्ने 

    प्रतिनिधि सभाको बैठक भदौ २८ गते बस्ने भएको छ।

    भोलि (भदौ २७) गतेका लागि पूर्वनिर्धारित बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनका कारण एक दिन पछि सारिएको संघीय संसदका महासचिव  भरतराज गौतमले जानकारी दिएका छन्। 

    संविधान सभाका अध्यक्ष नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो। उनको पार्थिव शरीरलाई अहिले नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। 

    नेम्वाङका दुबै छोराहरू विदेशबाट आउने क्रममा रहेकाले उनको अन्त्येष्टि बिहीबार मात्र हुने सम्भावना छ। 

    सरकारले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट