images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेसका १५ विभाग प्रमुखले अझै पाएनन् पत्र

कांग्रेसका १५ विभाग प्रमुखले अझै पाएनन् पत्र

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
  • कांग्रेसका १५ विभाग प्रमुखले अझै पाएनन्  पत्र

    काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका विभिन्न १५ विभाग प्रमुख तोकेको दुई साता भयो । कांग्रेस सभापति शेरबहादुर देउवाले भदौ १५ मा १५ वटा विभागीय प्रमुख तोकेका थिए । पार्टी विधानको धारा ३७ को १ (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई प्रमुखको जिम्मेवारी तोकेको थियो ।

    कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय, पुष्पा भुसाल महिला, चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार, किरण यादव, तराई—मधेश समन्वय, योगेन्द्र चौधरी थारु, गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय, आङ्गेलु शेर्पा पर्यटन, रणबहादुर रावल गैरसरकारी संस्था समन्वय र दिलमान पाख्रिन आदिवासी जनजाति विभाग प्रमुख तोकिएको छ । त्यस्तै, प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन, रंगमती शाही पिछडिएको क्षेत्र, गुरु बराल आपूर्ति तथा उपभोक्ता, नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय र सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुखको तोकेका छन् । तर, कांग्रेसले अहिलेसम्म उनीहरुलाई विभागीय प्रमुखको पत्र दिएको छैन ।  

    विभागीय प्रमुखको जिम्मेवारी पाएका एक जनाले भने, ‘अहिलेसम्म पार्टीले पत्र दिएको छैन । पत्र नपाउँदा विभागीय सदस्यको छनोटको कामले गति लिन सकेको छैन ।’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने १५ वटा विभागीय प्रमुखलाई आगामी केन्द्रीय समिति बैठकमा दिइने बताए ।

    उनले भने– ‘विभागीय प्रमुखको जिम्मेवारी दिइएकोबारे विज्ञप्ति जारी गरिएकै छ । उहाँले काम गर्न पाउनुहुन्छ । हामीले पत्र तयार पारिसकेका छौं । केन्द्रीय समिति बैठकका बेला उहाँलाई पत्र दिन्छौं ।’

    कांग्रेसले असोज ४ गते केन्द्रीय कार्यासमिति बैठक बोलाएको छ । विभागका सदस्य छनोटको अधिकारी विभागीय प्रमुखको नभएको उनको भनाइ छ । ‘जिल्ला सभापतिबाट विभागीय सदस्यका लागि सिफारिस मागिएको छ । उहाँको योग्यता, ज्ञान, सिप र अनुभवलाई हेरेर कुन विभागमा कस्लाई राख्ने टुंगो लाग्छ । अहिले त्यसैमा काम भइरहेको छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट