images

Sep 29 2026 | २०८३, असोज १३ गते

माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
  • माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

    काठमाडौँ । माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

    सोमबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा नेपाल सहज जित निकल्दै समूह ‘ए’ को उपविजेता बनेको हो। नेपालको जितमा समीर तामाङले दुई तथा प्रशान्त लक्षम र नीराजन धामीले एक–एक गोल गरे । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन्। 

    पाकिस्तान दुई खेलबाट चार अंकसहित विजेता बन्यो।  दशरथ रंगशालामा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । 

    हारसँगै माल्दिभ्स समूह चरणबाटै घर फर्किएको छ। पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तानले दोस्रो खेलमा माल्दिभ्ससँग एक–एक गोलको बराबरी खेलेको थियो। पाकिस्तान यस प्रतियोगितामा पहिलोपटक सहभागी भएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट