images

Sep 29 2026 | २०८३, असोज १३ गते

कवड्डी प्रशिक्षक भन्छन्ः‘इरानलाई हराउने गरी प्रतिस्प्रर्धामा उत्रिन्छौँ’

कवड्डी प्रशिक्षक भन्छन्ः‘इरानलाई हराउने गरी प्रतिस्प्रर्धामा उत्रिन्छौँ’

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
  • कवड्डी प्रशिक्षक भन्छन्ः‘इरानलाई हराउने गरी प्रतिस्प्रर्धामा उत्रिन्छौँ’

    कञ्चनपुर ।  सोमबार बिहान चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट–२ मा भएको महिला कवड्डीमा नेपालले उत्कृष्ट प्रर्दशन गर्दै बङ्गलादेशलाई पराजित ग-यो ।

    नेपाली महिला खेलाडीले एसियाली खेलकुदमा डेब्युमै पदकको सम्भावना उच्च बनाएपछि महिला कवड्डी खेलाडी मङ्गलबार इरानसित हुने प्रतिप्रर्धामा पनि उच्च मनोबलका साथ मैदानमा उत्रिन तयार छ ।

    बङ्गलादेशसित जित निकाल्दै समूह ‘बी’मा दोस्रो स्थान बनाएको नेपालले काष्य पदक ल्याउन इरानले बङ्गलादेशलाई हराउनु पर्ने हुन्छ ।

    “इरान यसअघि सन् २०१८ मा इन्डोनेसियाको एसियाली खेलकुदमा स्वर्ण पदक बिजेता टोली हो ।”  महिला कवड्डीका मुख्य प्रशिक्षक विष्णुदत्त भट्टले भने, “ इरानले बङ्गलादेशलाई सहजै हराउने अनुमान गरेका छौँ ।”

    पदक नजिक पुगेको नेपाली महिला कवड्डी खेलाडीहरु इरानसित उत्कृष्ट प्रर्दशन गर्नेमा ढुक्क रहेको प्रशिक्षक भट्टको भनाइ थियो । उन्नाइसौँ एसियाली खेलकुदको महिला कवड्डीमा सात टोलीको मात्र सहभागिता छ । 

    “इरान धेरै बलियो टोली हो, बङ्गलादेशसित हा-यो भने मात्रै अङ्कका आधारमा पछि पार्न सक्छौँ भन्ने छ ।” उनले भने, “ तर इरानलाई बङ्गलादेशले हराउन मुश्किल छ ।”

    आजको खेलमा जयन्ती बडू र मानमती विष्टको उच्च प्रर्दशन रहेको उनको भनाइ थियो । “डिफेन्स धेरै राम्रो गर्नाका साथै अहिलेसम्मकै उत्कृष्ट खेल्यौँ ।” उनले भने, “इरानले पनि हाम्रो टोलीको खेल देखेको छैन्, नजिता जे पनि हुनसक्छ ।”

    बाह्रजना सम्मिलत कवड्डी टोलीमा सात खेलाडी सुदूरपश्चिमका रहेकामा छ जना महेन्द्रनगर र एक जना धनगढीका खेलाडी रहेको प्रशिक्षक भट्टले जानकारी दिए ।

    उनले १९९० मा आफूले खेल्दा बङ्गलादेशसित सेमिफाइनलमा एक अङ्कले पराजित भएको स्मरण गरे । “त्यो बेला हामी खेल्दा एक अङ्कले हारेको थियौँ ।” प्रशिक्षक भट्टले  भने, “अहिले महिला टोलीले त्यसको बदला लियो ।”

    उनले खेलाडी म्याचमा सहभागी हुनाका साथै पहिलो खेल जित्दा मनोवल उच्च रहेको बताए । यसअघि नेपाली महिला टोलीले साफमा रजत पदक जितेको थियो । 

    नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरेका साथै बदलामा नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट