images

Sep 29 2026 | २०८३, असोज १३ गते

भारतविरुद्ध नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए गायकवाडको विकेट

भारतविरुद्ध नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए गायकवाडको विकेट

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १६ २०८०
  • भारतविरुद्ध नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए गायकवाडको विकेट

    चीन । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको पहिलो विकेट लिएको छ । ९‍‍.५ ओभरमा नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन् ।  

    ऐरीले गाइकवाडलाई २५ रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका हुन् । गाइकवाड भारतीय टोलीका कप्तान पनि हुन् । पहिलो विकेट गुमाउँदा भारतले एक सय तीन रन बनाएको छ । भारतका अर्का ओपनर यशस्वी जैसवाल ७३ रन बनाउँदै क्रिजमा छन् ।

    त्यसअघि जैसवाल र गाइकवाडले भारतका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । भारतले टस जिती पहिलो ब्याटिङको निर्णय लिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट