images

May 17 2024 | २०८१, जेठ ४ गते

आजदेखि काठमाडौंका तीन सडक एकतर्फी

आजदेखि काठमाडौंका तीन सडक एकतर्फी

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
  • आजदेखि काठमाडौंका तीन सडक एकतर्फी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि तीनवटा सडक खण्ड वान वे बनाएको छ । महानगरपालिकाकाले कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक वान वे बनाएको छ ।

    images
    images

    यसैगरी त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक पनि वान वे बनाइएको छ । अब जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट वायाँ मोडिएर महेन्द्र शालिकतर्फ जान पाइने छैन । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार