images

Sep 29 2026 | २०८३, असोज १३ गते

एसिसी प्रिमियर कप यू-१९ विजेता नेपाली टोली स्वदेश फर्किए

एसिसी प्रिमियर कप यू-१९ विजेता नेपाली टोली स्वदेश फर्किए

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ९ २०८०
  • एसिसी प्रिमियर कप यू-१९  विजेता नेपाली टोली स्वदेश फर्किए

    काठमाडौं । एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फर्किएको छ। मलेसियामा भएको प्रतियोगितामा नेपाल फाइनल पुग्दै एसियाकपका लागि छनोट भएको थियो भने युएईलाई हराउँदै च्याम्पियन बनेको थियो। यू-१९ टोली बिहीबार विहान काठमाडौं ओर्लिएको हो।

    क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का पदाधिकारीहरुले स्वागत गरेका थिए। विमानस्थलमा मुख्य प्रशिक्षक जगत टमाटाले खेलाडीको उत्कृष्ट प्रदर्शनले च्याम्पिय बनेको भन्दै उपाधिको मुख्य हकदार खेलाडीनै भएको बताए।

    टमाटाले अहिलेको टोलीमा उत्कृष्ट खेलाडीहरु रहेको भन्दै उनीहरुको भविष्य राम्रो रहेको बताए। उनले उनले सनियर टोलीका लागि खेलाडीले आफूलाई तयार गरेको बताए। उनीहरुले गरेको प्रदर्शनका आधारमा आफ्नो भविष्यमा उम्दा संकेत छाडेको टमाटाको विश्वास छ।

    टमाटाले आगामी दिन उमेर समूहका लागि झनै चुनौतीपूर्ण रहेको बताए। उनले भने ‘उनीहरुले राम्रो मिहिनेत गरिरहेका छन्। अब एसिया कप र वर्ल्डकपका लागि थप चुनौती छ। तर जितले राम्रो माइन्डसेट तयार भएको छ। जसलाई कायम राख्न चाहन्छौं।’ उनले भने ‘अब झनै महत्वपूर्ण च्यालेन्ज छ। एसियाकपमा राम्रा देशहरु भारत, पाकिस्तान लगायतसँग प्रतिस्पर्धा हुने भएकाले पनि तयारी राम्रो हुनु जरुरी छ।’

    उनले तिहार पछाडि सिनियर टिमसँग दुई-तीनवटा म्याच खेल्ने वा एक्सपोजरका लागि इन्डिया, बंगलादेश वा श्रीलंकासँग खेल्न सकिने गरी तयारी गर्नु पर्ने बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट