images

Sep 29 2026 | २०८३, असोज १३ गते

त्रिदेशीय शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

त्रिदेशीय शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १० २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १० २०८०
  • त्रिदेशीय शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

    काठमाडौँ । त्रिदेशीय पुरुष टी-२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएई प्रतिस्पर्धा गर्दै छन्।नेपाल, यूएई र हङकङ सहभागी भएको प्रतियोगिताको आज फाइनल हुँदै छ। हङकङ लिग चरणबाट बाहिरिएको छ भने नेपाल र यूएई फाइनलमा पुगेका छन्।

    लिग चरणमा नेपालले चारै खेल जितेको थियो। यूएई र हङकङले भने एक-एक खेल जितेका थिए। तर, रनरेटका आधारमा यूएई फाइनलमा पुगेको हो। नेपाल र यूएईबीच भएका पाँच वटा टी-२० मा नेपालले तीन र यूएईले दुई खेल जितेको छ। यो शृङ्खलामा भने यूएईले नेपाललाई हराउन सकेको छैन। यूएईसँगका लिग चरणका दुवै खेलमा नेपालले फराकिलो जीत हासिल गरेको थियो।

    त्रिदेशीय शृङ्खलाका लिग चरणका खेल मुलपानी क्रिकेट मैदानमा भएका थिए। फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ११ बजे शुरु हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट