images

Sep 29 2026 | २०८३, असोज १३ गते

यूएईसँगको फाइनल खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्दै

यूएईसँगको फाइनल खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्दै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १० २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १० २०८०
  • यूएईसँगको फाइनल खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्दै

    काठमाडौँ  । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेपालले टस हारेको छ ।

    कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा यूएईका कप्तान मुहम्मद वसीमले टस जितेर बलिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

    नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएर फाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट, दोस्रो खेलमा हङकङलाई ६ विकेट, तेस्रो खेलमा हङकङलाई ७९ रन र समूह चरणको पाँचौँ खेलमा यूएईलाई ५ विकेटले हराएको थियो ।

    यस्तै यूएईले हङकङलाई १ खेलमा हराउँदै फाइनलमा पुगेको हो । यूएई र हङकङको समान २ अङ्क भए पनि यूएई नेट रनरेटका आधारमा फाइनल खेल्न लागेको हो ।

    आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट