images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेपाल ओमनसँग पाँच रनले पराजित

नेपाल ओमनसँग पाँच रनले पराजित

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १६ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १६ २०८०
  • नेपाल ओमनसँग पाँच रनले पराजित

    काठमाडौँ ।  आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत बिहीबारको खेलमा नेपाल ओमनसँग पाँच रनले पराजित भएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाएर १४० रन मात्रै बनाउन सक्यो। नेपालका लागि विवेक यादवले २४ बलमा पाँच छक्काको मद्दतले ३९ बनाए पनि जिताउन सकेनन्।

    नेपाललाई अन्तिम ओभरमा २६ रन चाहिएको थियो। यादवले अन्तिम ओभरका तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए। ओमनका बलर बिलाल खानले एक वाइड बल दिएका थिए।

    त्यसपछि अन्तिम तीन बलमा सात रन आवश्यक थियो। तर, छक्का हान्ने प्रयासमा यादव आएट भएका थिए। त्यसपछि भने नेपालले दुई बलमा एक विकेट गुमाएर एक रन मात्रै बनायो।

    त्यस्तै नेपालका लागि कुशल भुर्तेलले २६, सोमपाल कामी, करण केसीले १५, रोहित पौडेल र सन्दीप जोराले १२/१२ तथा कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

    ओमनका लागि बिलाल खनाले तीन, सकील अहमद, मेहरन खान र अकिब इलयासले दुई/दुई तथा जीसम मक्सूदले एक विकेट लिए।

    यसअघि ब्याटिङ गरेको ओमनले नौ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। ओमनका लागि जीसम मक्सूदले ३२, नसिम खुशीले २५, प्रतिक अथवालेले २४, सकील अहमदले २२ र आयान खानले १८ रन बनाए।

    नेपालका लागि करण केसीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले दुई/दुई तथा गुल्सन झा र अविनाश बोहराले एक/एक विकेट लिए।

    यससँग ओमन समूह ‘ए’को शीर्षस्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट