images

Sep 29 2026 | २०८३, असोज १३ गते

युएईसँग टस हारेसंगै पहिले फिल्डिङ गर्दै नेपाल

युएईसँग टस हारेसंगै पहिले फिल्डिङ गर्दै नेपाल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १७ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १७ २०८०
  • युएईसँग टस हारेसंगै पहिले फिल्डिङ गर्दै नेपाल

    नेपालले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईसँग टस हारेको छ।

    माथिल्लो मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ। नेपालले फिल्डिङको निम्तो पाएको छ।नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। दीपेन्द्रसिंह ऐरी खेल्दा सन्दीप जोरा बेन्चमा छन्। विजेता टोली २०२४ को टि-२० विश्वकप खेल्न पाउनेछ।

    नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी पहिलो खेल खेल्नुअघि सिंगापुरविरुद्ध सोमबार नै एंकलमा चोट लागेको थियो। टसको समयपछि उनी घाइते भएपछि प्लेइङ-११ परिवर्तन गर्दै विवेक यादवलाई नेपालले मौका दिएको थियो। 

    दीपेन्द्रले बिहीबार नेटमा अभ्यास गरेका थिए। दीपेन्द्रले मुलपानी मैदान आएदेखि नै नेटमा अभ्यास गरेका थिए। दीपेन्द्रलाई नेपालले खेलाउने जोखिम लिएको छ।

    नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि-२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ। नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन्।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट