images

Sep 29 2026 | २०८३, असोज १३ गते

भुकम्पमा मृत्यु भएकाहरुको सम्झनामा ओमानविरुद्धको खेलमा नेपालले कालो पट्टी बाँधेर खेल्दै

भुकम्पमा मृत्यु भएकाहरुको सम्झनामा ओमानविरुद्धको खेलमा नेपालले कालो पट्टी बाँधेर खेल्दै

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
  • भुकम्पमा मृत्यु भएकाहरुको सम्झनामा ओमानविरुद्धको खेलमा नेपालले कालो पट्टी बाँधेर खेल्दै

    काठमाडौँ  । आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले कालो पट्टी बाँधेर खेलेको छ। शुक्रबार राती जाजरकोटमा गएको भुकम्पमा मृत्यु भएकाहरुको सम्झनामा नेपालले आज टियु क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा कालोपट्टी बाँधेर खेलेको हो।  

    नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले पाखुरामा कालो पट्टी बाँधेर खेल्दैछ। भूकम्पमा परेर ज्यान गुमाएकाहरुको शोकमा नेपाली खेलाडीहरुले मैदानमा १ मिनेट मौनधारण पनि गरेका छन् । फाइनलमा नेपालले टस जितेसँगै नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

    क्यानले फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने शनिबार घोषणा गरेको थियो। क्यानले फेसबुकमार्फत भनेको छ,‘आइसिसी टि-२० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमान बीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं।’ 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट