images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रधानमन्त्री कपको उपाधि जित्न एपीएफले दियो कोशीलाई ११५ रनको चुनौती

प्रधानमन्त्री कपको उपाधि जित्न एपीएफले दियो कोशीलाई ११५ रनको चुनौती

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
  • प्रधानमन्त्री कपको उपाधि जित्न एपीएफले दियो कोशीलाई ११५ रनको चुनौती

    काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफले कोशी प्रदेशलाई १ सय १५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायो । 

    उसका लागि इन्दु वर्माले ४७ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५३ रन बनाइन् । यस्तै, ज्योति पाण्डेले २७, रोमा थापाले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा कोशी प्रदेशकी अप्सरी बेगमले ह्याट्रिक लिइन् । उनले अन्तिम ओभरमा सोनु खड्का, नेरी थापा र इन्दु वर्मालाई आउट गर्दै ह्याट्रिक पूरा गरिन् । अलिसा खादियाले दुई, रुबिना क्षेत्री र निशा साहले एकरएक विकेट हात पारे । एपिएफले अपराजित रहँदै फाइनल खेलिरहेको हो । उसले पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराएको थियो ।  

    यस्तै, कोशीले दोस्रो क्वालिफायरमा साबिक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएर फाइनलको यात्रा गरेको थियो । आज कोशीलाई एपिएफसँग बदला लिने मौका छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला क्रिकेटमा पहिलोपटक राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो । जसले गर्दा खेलाडीले धेरै खेल खेल्न पाएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट