images

Sep 29 2026 | २०८३, असोज १३ गते

पचहत्तर वर्षीया  वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ

पचहत्तर वर्षीया  वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २० २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २० २०८०
  • पचहत्तर वर्षीया  वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ

    नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–६ खत्रीटोल निवासी नेत्रकुमारी खत्रीको हत्यामा संलग्न आरोपी बिहीबार पक्राउ परेको छ ।

    पचहत्तर वर्षीया खत्रीको गत सोमबार राति हत्या गरेर फरार रहेका सोही स्थानका सुकु तामाङलाई पक्राउ गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

    हत्यामा संलग्न २२ वर्षीय तामाङलाई तालिमप्राप्त कुकुरको सहायताले लुकिएरहेको अवस्थामा बिहीबार पक्राउ गरिएको र  अनुसन्धानका लागि बिहीबार नै जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) संजयसिंह थापाले जानकारी दिए । “लामो समयदेखि लागुऔषध दुव्र्यसनीमा संलग्न तामाङले गाँजा खरिदका लागि पैसा अभाव भएपछि वृद्धासँग भएको नगद र गरगहना चोर्ने क्रममा हत्या गरेको स्वीकार गरेको छ,” उनले भने, “वृद्धासँग लुटेको नगद र लगाएको गरगहना प्रहरीले बरामद गरेको छ ।”

    वृद्धाको हत्यापश्चात् लुटिएको रु ८३ हजार र उनले लगाएको सुनको एकजोडी बेरुवा र एकथान तिलहरी अभियुक्तले दिएको सूचनाका अधारमा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ च्यासिङटोलको जङ्गलबाट प्रहरीले बरामद गरेको थियो । “गाँजा खरिदका लागि पैसा नभएपछि तामाङले वृद्धासँग रहेको नगद र लगाएको गहना लुट्ने योजना बनाएको पाइएको छ,” प्रहरी प्रमुख थापाले भने, “नगद र गहना लुट्ने क्रममा (वृद्धाले) प्रतिवाद गरेपछि हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ ।”

    एकल महिला र निःसन्तान खत्रीको सोमबार राति १० बजे हत्या भएपनि छिमेकीले मङ्गलबार मात्र थाहा पाएका थिए । सो घटनापछि  तालिमप्राप्त कुकुरको सहयोगले चार दिनपछि अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट