images

Sep 29 2026 | २०८३, असोज १३ गते

र्‍याप गीतको महायुद्ध​ ‘र्‍याप व्याटल नेपाल’ प्रसारणमा आउँदै 

र्‍याप गीतको महायुद्ध​ ‘र्‍याप व्याटल नेपाल’ प्रसारणमा आउँदै 

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २६ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २६ २०८०
  • र्‍याप गीतको महायुद्ध​ ‘र्‍याप व्याटल नेपाल’ प्रसारणमा आउँदै 

    काठमाडौं । र्‍याप गीतको महायुद्ध​ “र्‍याप व्याटल नेपाल” नामक टेलिभिजन रियालिटि शो प्रसारणमा आउने भएको छ । आयोजक युजिसा इन्टरनेशल तथा सह आयोजक राज्य मिडिया नेटवर्कले  बुधबार राजधानीको ताहाचल स्थित होटल सोल्टी क्राउन प्लाजामा पत्रकार सम्मेलन आयोजना गरि शो सम्बन्धमा जानकारी गराएका हुन् । सो अवसरमा “र्‍याप व्याटल नेपाल” एपि वान टेलिभिजनबाट प्रसारणमा आउन लागेको आयोजक कम्पनी युजिसा इन्टरनेशलका एक्जिक्युटिभ डाईरेक्टर सानु खानले बताए । उनले कार्यक्रम बारे थप जानकारी दिदै भने ‘एपिवान टेलिभिजनबाट आगामी अप्रिलदेखी र्‍याप व्याटल नेपाल प्रसारण हुनेछ, हामी हाल अडिसनको तयारीमा जुटेका छौँ, फेव्रवरीबाट अडिसन शुरु गर्नेछौँ’ । शो का ईभेण्ट निर्देशक समेत रहेका खानले नेपाली सांगितिक फाँटसहित बलिबुड फिल्म नगरीबाट समेत अतिथि जर्ज निर्णयकका रुपमा रहने बताए । 

    त्यसैगरि सह आयोजक कंपनी राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं ईभेण्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगितिक माहौलमाझ रम्ने वातावरण यस शोले दिने बताए ।”युवासहित सबै किसिमका दर्शकलाई सांगितिक माहौलमाझ रम्ने वातावरण यस शोले दिनेमा हामी विश्वस्त छौँ, त्यसबाहेक पनि युवाहरुलाई स्वदेशभित्रै रहेर केही गर्न सन्देश दिने उदेश्य यस शो ले बोकेको छ” रियालिटी शो आयोजनाको उदेश्य बारे प्रकाश पार्दै ओझाले भने ।  “र्‍याप व्याटल नेपाल” को अडिसन नेपालका प्रमुख शहर काठमाडौं, पोखरा, झापा, ईटहरी, चितवनसहित सिमापारि दार्जिलिङ, सिलिगुढि र सिक्किममा पनि गर्ने कार्यक्रम रहेको ईभेण्ट डाईरेक्टर डेभिल सिंह राजपुतले बताए ।

    यस शो को अडिसन दार्जिलिङ्गमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९,  झापामा फाल्गुण ०२, ईटहरीमा फाल्गुण ०५, चितवन फाल्गुण ०९, पोखरा फाल्गुण  १२ र काठमाण्डौंमा १८ एवं १९ गते गर्ने तय गरिएको उनले जानकारी दिए । विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने राजपुतले बताए । 

    कार्यक्रममा एपिवान टेलिभिजनका समाचार प्रमुख निरज राज जोशीले शोको सफलताको कामना व्यक्त गर्दै टेलिभिजनले शोलाई सफल पार्न सहयोगीको भुमिका निर्वाह गर्ने बताए । कार्यक्रममा पे वेलका असिस्टेन्ट सि ईओ प्रज्वल आचार्य लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट