images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १० २०८०
  • प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

    भोजपुर । प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ । अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो । जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ । 

    यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा देउरालीका लागि बिजु भुजेलले दुई गोल गरे भने थप एक गोल सुवास तामाङले गरे। उता आम्तेक ११ का लागि दुवै गोल निशान लिम्बूले गरे ।

    देउरालीका बिजु भुजेल फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उत्कृष्ट खेलाडी देउरालीकै विवेक राई, उत्कृष्ट गोलरक्षक देउरालीका चरी लिम्बू, उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित भएको आयोजक समितिका सचिव देउमान राईले बताए । त्यस्तै उत्कृष्ट मिडफिल्डर आम्तेक–११ का रोशन भुजेल, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेक–११ का निशान लिम्बूले प्राप्त गरेको पौवादुङमा गोल्डकप तथा माघीमेला कार्यक्रम–२०८० आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए ।

    विजेता तथा उपविजेता बन्ने समूहलाई पुरस्कार वितरण गर्दै खेलक्षेत्रको विकाससँगै युवा, बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्डकप प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुगेको अध्यक्ष राईको भनाइ छ । 

    “गाउँपालिकाको आर्थिक व्यवस्थापनमा हामीले प्रथम पौवादुङमा गोल्डकपसँगै माघीमेला सञ्चालन गरेका हौँ”, अध्यक्षर राईले भने, “प्रतियोगिताले खेलक्षेत्रको विकाससँगै यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । यस्ता प्रतियोगितामामार्फत खेलक्षेत्रको विकास गर्ने हाम्रो लक्ष्य हो ।” पौवादुङमा रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट