images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेपाललाई ८६ रनले हराउँदै पिएनजीले जित्यो उपाधि

नेपाललाई ८६ रनले हराउँदै पिएनजीले जित्यो उपाधि

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ३० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ३० २०८०
  • नेपाललाई ८६ रनले हराउँदै पिएनजीले जित्यो उपाधि

    काठमाडौँ । हङकङमा जारी टी–२० त्रिकोणात्मक सिरिजको उपाधि पपुवान्युगिनी (पिएनजी) ले जितेको छ। पपुवा न्युगिनीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा समेटिएपछि पिएनजीले ८६ रनको जित हासिल गर्‍यो। नेपालका लागि कुनै पनि खेलाडीले गतिलो स्कोर बनाउन सकेन्न। सन्दीप जोराको १७ रन सर्वाधिक रनका रुपमा रह्यो। त्यस्तै आरिफ शेखले १५ रन बनाएका थिए थप दोहोरो स्कोरका रुपमा रोहित पौडेलको १२ रन रह्यो।

    नेपालका कुनैपनि खेलाडीले आफ्नो इनिङमा छक्का प्रहार गर्न सकेनन्। नेपाललाई सस्तैमा समेट्ने क्रममा पिएनजीका लागि कबुवा मेरिया, सिमोन कमिया, चाद सोपर र सेसे बाउले समान २–२ विकेट लिए।

    त्यसअघि पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। पिएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाउँदा एली नाओ ३० रनको अविजित इनिङ खेलेका थिए। त्यस्तै किपलीन डोरीगाले १४ रन बनाउँदा हिला भरेले १८ रन बनाए।

    थप दोहोरो स्कोरका रुपमा हिरीहिरीले १५ रन बनाएका थिए। नेपालका लागि आकाश चन्द र कुशल भुर्तेलले समान ३–३ विकेट लिंदा करण केसी र गुल्सन झाले समान १–१ विकेट लिएका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट