images

Sep 29 2026 | २०८३, असोज १३ गते

आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित

आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
  • आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित

    काठमाडौँ। आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो टी २० क्रिकेटमा नेपाल ‘ए’ रनले पराजित भएको छ । योसँगै तीन म्याचको सिरिजमा आयरल्याण्डले १-० को अग्रता लिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डले दि’ए’को २२३ रनको लक्ष्य पछ्या’ए’को नेपाल ‘ए’ १९.३ ओभरमा २०१ रनमा अलआउट भयो । नेपालका लागि लोकेश बमले शतक र आरिफ शेखले ४९ रन बना ‘ए’ पनि जित भने दिलाउन सकेनन् । बम १०६ रनमा आउट भए ।

    आरिफ अर्धशत बनाउनबाट एक रनले चुके । दुवैले चौथो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए । कप्तान विनोद भण्डारीले १६ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । यसअघि पहिला ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २२२ रन बनाएको थियो ।

    आयरल्याण्डका लागि पिटर मूरले सर्वाधिक ४९ रन बनाए। स्टिफन डोहेनी र केड कार्माइकलले ३८–३८ रन बनाए। नेपालका लागि भने कमल सिंह ऐरीले ३ विकेट लिए। उनले ४ ओभरमा ३९ खर्चेर ३ विकेट लि’ए’। आरिफ शेख र सागर ढकालले १–१ विकेट लिए। सिरिजको अर्को खेल आइतबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट