images

Nov 10 2026 | २०८३, कात्तिक २४ गते

कर्णालीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत १८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत १८ २०८०
  • कर्णालीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

    सुर्खेत । कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने भएका छन्। 
     
    मुख्यमन्त्री शर्माले चैत २० गते मङ्गलबार विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए ।

    गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् । चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट