images

Sep 29 2026 | २०८३, असोज १३ गते

क्रिकेटः नेपाल ‘ए’ले पायो दुई सय ८५ रनको लक्ष्य

क्रिकेटः नेपाल ‘ए’ले पायो दुई सय ८५ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत २५ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत २५ २०८०
  • क्रिकेटः नेपाल ‘ए’ले पायो दुई सय ८५ रनको लक्ष्य

    काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ले जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको छ । 

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनायो । 

    आयरल्यान्ड ‘ए’का स्टीफन डोहनीले शतकीय पारी खेले । उनले एक सय २९ बलमा आठ छौका र दुई छक्काको सहयोगमा एक सय सात रनको योगदान दिए । त्यस्तै पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए भने म्याथ्यु हम्फ्रेजले २३, मोर्गन टोप्पिङले २१  र फिन ह्यान्डले २० रन जोडे । 

    बलिङतर्फ नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान तीन/तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक/एक विकेट लिए । यसअघि भएको दुवै खेलमा नेपाल ‘ए’ पराजित भएको थियो । नेपाल ‘ए’ आयररल्यान्ड ‘ए’सँग पहिलो खेलमा २१ र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो । आयरल्यान्ड ‘ए’ भने आजको खेल जित्दै शृङ्खला ‘क्लिन स्विप’ गर्न चाहन्छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट