images

Sep 29 2026 | २०८३, असोज १३ गते

शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र वेस्ट इन्डिज भिड्दै 

शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र वेस्ट इन्डिज भिड्दै 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख १४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख १४ २०८१
  • शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र वेस्ट इन्डिज भिड्दै 

    काठमाडाैँ । भोली शनिबारबाट शुरु हुने ५ टी–२० खेलका लागि वेस्ट इन्डिजको टोली नेपालसँग भिड्दै छ । वेस्ट इन्डिज र नेपालबीचको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह १२ बजे शुरु हुनेछ।

    वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल भोली शनिवार हुनेछ भने दोस्रो खेल वैशाख १६ मा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र अन्तिम तथा पाँचौ खेल २२ वैशाखमा हुनेछ। 

    कान्तिपुर टेलिभिजन यचडी, कान्तिपुर म्याक्स र कान्तिपुरको डिजिटल प्लेट्फर्म बाट प्रत्यक्ष प्रशारण हुने उक्त खेलको प्रवर्द्धनको लागि किबु इनर्जी ड्रींक्स टाइटल स्पोन्सर रहेको छ, पावर्ड बाइ स्पोन्सरमा श्री केश हेयर ओयल र डिसहोम फाइबरनेट रहेका छन।

    टियु क्रीकेट मैदान मध्यान्ह १२ बजे हुने उक्त खेलको प्रवर्द्धनको लागि बैंकिङ पार्टनर एनआइसिएशिया, सेलिब्रेसन पार्ट्नरमा केएफसी,होम अप्लाएन्सेज पार्टनरमा स्काइवर्थ,मुभी पार्ट्नरमा मनसरा ,एजुकेसन पार्टनरमा ग्रेस ईन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन,ट्राभल पार्टनरमा रुप्से होलिडे,रेमिटेन्स पार्ट्नरमा इसेवा मनि ट्रान्सफर,अनलाइन पेमेन्ट पार्ट्नर,इसेवा,पाइप्स एन्ड फिटिङ्स पार्टनर आइटिपिएफ रहेको छ।

    यो सम्पूर्ण खेलहरुको नेतृत्वदायी भुमिकामा क्यान र एडी रिलिज रहेका छन् । यस अगाडिको टि ट्वाण्टी र एसीसी मेन्स पृमियर कप ओमानको खेलमा पनि यी दुबै सस्थाले नेपाली क्रिकेटको उचाई बढाउन सहकार्य गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट