images

May 09 2024 | २०८१, वैशाख २७ गते

नेपाल र वेस्टइन्डिज ए बीचको टी–२० सिरिज आज हुँदै

नेपाल र वेस्टइन्डिज ए बीचको टी–२० सिरिज आज हुँदै

एभरेष्ट हेडलाइन्स
शनिबार, वैशाख १५ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, वैशाख १५ २०८१
  • नेपाल र वेस्टइन्डिज ए बीचको टी–२० सिरिज आज हुँदै

    काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ। टियु क्रिकेट मैदानमा हुने यो खेल अपरान्ह १२ बजेर १५ मिनेटदेखि सुरू हुनेछ।

    images
    images

    नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको हो । क्यारेबियन टोलीका खेलाडीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेका थिए । नेपाल र वेस्ट इन्डिजबीच टी–२० खेलको पाँच वटा शृङ्खला खेलिने कार्यक्रम छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिनेछ । तेस्रो खेल मे १ तारिखमा खेलिनेछ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

    शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलिने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानले वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृङ्खलाका लागि बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट